६५ वर्षमै बृद्धभत्ता दिने सरकारी निर्णयपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन् कि सरकार देशलाई कंगाल बनाउन र अर्थतन्त्र अप्ठ्यारोमा पर्न उद्दत छ । देउवा सरकारले ६५ वर्षमै बृद्धभत्ता दिने मात्र होइन, दिनदिनै बैठक बसेर यस्ता निर्णयहरु गरिरहेको छ । भलै कतिपय निर्णय सही नै होलान् तर, काम चलाउ भइसकेका बेला दुरगामी महत्व राख्ने निर्णय गर्नु नैतिक व्यवहार होइन । साथै सरकारका कतिपय निर्णय कसरी कार्यान्वयन गर्ने कुनै टुंगो छैन र कार्यान्वयन गर्दा राज्यकोषमा अनावश्यक आर्थिक भार थपिनेछ । बढीमा २र३ साता सिंहदरबार छाड्नुपर्ने बेलामा भटाभट निर्णय गर्नुका पछाडि ‘कार्यान्वयन मैले गर्नुपर्ने होइन, भोलि वाम सरकारले जे सुकै गरोस्’ भन्ने मनसाय देखिन्छ । अर्थविदहरुका अनुसार अहिले देउवा सरकारले जे गरिरहेका छन्, त्यो आर्थिक अराजकता नै हो । तर, कांग्रेस सभापति देउवाले भोलि आफैंले खनेको खाडलमा आफैं पर्न सक्छु भन्ने बिर्सिएका छन् । किनभने, अब केन्द्रमा मात्र होइन, सात मध्ये ६ प्रदेशमा वाम सरकार बन्छ । प्रदेश २ मा मधेसी गठबन्धनको सरकार बन्छ । अर्थात सरकार र सात प्रदेशमा कांग्रेस प्रतिप...
Comments
Post a Comment