बृद्धभत्ताः देउवाले खनेको खाडलमा आफैं पर्ने संकेत
६५ वर्षमै बृद्धभत्ता दिने सरकारी
निर्णयपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन् कि सरकार देशलाई कंगाल
बनाउन र अर्थतन्त्र अप्ठ्यारोमा पर्न उद्दत छ ।
देउवा सरकारले ६५ वर्षमै बृद्धभत्ता दिने
मात्र होइन, दिनदिनै बैठक बसेर यस्ता निर्णयहरु गरिरहेको छ । भलै कतिपय
निर्णय सही नै होलान् तर, काम चलाउ भइसकेका बेला दुरगामी महत्व राख्ने
निर्णय गर्नु नैतिक व्यवहार होइन । साथै सरकारका कतिपय निर्णय कसरी
कार्यान्वयन गर्ने कुनै टुंगो छैन र कार्यान्वयन गर्दा राज्यकोषमा अनावश्यक
आर्थिक भार थपिनेछ ।
बढीमा २र३ साता सिंहदरबार छाड्नुपर्ने
बेलामा भटाभट निर्णय गर्नुका पछाडि ‘कार्यान्वयन मैले गर्नुपर्ने होइन,
भोलि वाम सरकारले जे सुकै गरोस्’ भन्ने मनसाय देखिन्छ ।
अर्थविदहरुका अनुसार अहिले देउवा सरकारले
जे गरिरहेका छन्, त्यो आर्थिक अराजकता नै हो । तर, कांग्रेस सभापति देउवाले
भोलि आफैंले खनेको खाडलमा आफैं पर्न सक्छु भन्ने बिर्सिएका छन् ।
किनभने, अब केन्द्रमा मात्र होइन, सात
मध्ये ६ प्रदेशमा वाम सरकार बन्छ । प्रदेश २ मा मधेसी गठबन्धनको सरकार बन्छ
। अर्थात सरकार र सात प्रदेशमा कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ ।
कांग्रेसको उपस्थिति प्रतिनिधिसभा र प्रदेशसभाहरुमा पनि संसदमा मात्र हुन्छ
।
त्यस्तो बेला जब सरकारले बजेट ल्याउँछ,
त्यसमा राम्रो कार्यक्रम आएन वा आफूले भनेको कार्यक्रम परेन भने संसदलाई
प्रयोग गर्ने हो । तर, शेरबहादुरले त के नजिर स्थापना गरे भने सरकारले
आफूले चाहेको कुनै पनि कार्यक्रम ल्याउन संसद नै चाहिएन ।
कांग्रेसका एक प्रतिनिधिसभा सांसद भन्छन्,
‘संसदमा बजेट पास गरेर लग्यो । तर, विचमा यस्ता १०र१५ वटा निर्णय गर्यो
भने हामीले सरकारले गलत गर्यो भन्न नपाउने भयौं ।’
अहिले काम चलाउ भइसकेको सरकारले निर्णय
गरेको हो । भोलि बन्ने सरकार त जनताले मत दिएर बनेका सरकार हुन्छन् र,
त्यस्तो सरकार केन्द्र मात्र होइन, सात प्रदेशमा हुन्छ ।
Comments
Post a Comment